नेप्सेमा सामान्य वृद्धि

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो दिन ११ अंकको गिरावट आएको सेयर बजार नेप्सेमा साताको दोस्रो दिन सोमबार भने समान्य वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से ७.९० अङ्कले वृद्धि भई २७६५.४४ अङ्कमा बन्द भएको छ । 

कारोबार रकम आइतबारको तुलनामा ओरालो लाग्दै गएको छ । आइतबार ४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९२ करोड ९१ लाख ६२ हजारको कारोबार भएको छ । 

आज नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबारमा आएकोमा ९४ कम्पनीको सेयमुलय वृद्धि हुँदा ८४ कम्पनीको घटेको छ भने ८ कम्पनीको सेयमूल्य स्थिर रहेको छ । आज बजारमा ७५ लाख ६५ हजार ५१० कित्ता सेयर किनबेच भएको छ । 

आज वित्त कम्पनी उपसूचकमा सवार्धिक ०.८८ प्रतिशत गिरावट हुँदा विकास बैंक उपसूचक ०.६५ प्रतिशत, र उत्पादनमुलक उपसूचकमा ०.३८ प्रतिशतले गिरावट भएको छ ।

त्यस्तै होटेल तथा पर्यटन उपसूचक सवार्धिक ४.५१ प्रतिशतले वृद्धि हुँदा, अन्य उपसूचक १.३३ प्रतिशत, निर्जीवन बिमा उपसूचक ०.८१ प्रतिशत, लगानी उपसूचक ०.८३ प्रतिशत र बैंकिङ उपसूचक पनि ०.१६ प्रतिशतले वृद्धि भएको छ । 

बैंकको सवार्धिक ३४ करोडको कारोबार हुँदा, नेपाल दुरसञ्चार कम्पनीको २९ करोड र अरूण कावेली पावरको करिब १५ करोडको कारोबार भएको छ ।

 मानुषी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा चन्द्रगिरि हिल्सको ९.७५ प्रतिशत, खानिखोला हाइड्रोपावरको ५.०३ र नेपाल इन्स्योरेन्सको सेयरमूल्य ४.०८ प्रतिशतले बढेको छ । 

यता कर्पोरेट डेभलमपमेन्ट बैंकको सेयरमूल्य सवार्धिक ३.०७ प्रतिशतले गिरावट हुँदा रिलायन्स फाइनान्सको सेयरमूल्य ३.०६ प्रतिशत, तेह्रथुम पावर कम्पनीको सेयमूल्य २.६० प्रतिशत, साना किसान लघुवित्तको सेयरमुल्य १.९८ प्रतिशत, र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्य १.९५ प्रतिशतले घटेको छ ।