आज बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९३ हजार ९०० रूपैयाँ तोकिएको छ । आइतवार प्रतितोला ९३ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० कायम भएको छ जसको मूल्य आइतवार प्रतितोला ९३ हजार २०० रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार २७० पुगेको महासंघले जनाएको छ । चाँदी आइतवार प्रतितोला एक हजार २६० रूपैयाँमा कारोवार भएको थियो ।