नेप्सेमा ११ अंककाे गिरावट

नेप्सेमा ११ अंककाे गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्सेमा ११.६० अंकले घटेको छ । यो सँगै नेप्से २७५७.५३ अंकको बिन्दुमा झरेको हो । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसुचक समेत ३.७५ अंकले घटेर ५१८.२५ अंकको बिन्दुमा झरेको छ ।


आज २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयरको किनबेच हुँदा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

समूहगत उपसुचकतर्फ आज जलविद्युत समूह र उत्पादन तथा प्रसोधन समूह बाहेकका समूहको कारोबारमा ऋणात्मक रह्यो । जलविद्युत समूहको सेयर कारोबार १३ अंक र उत्पादन समूहको सुचाङ्क करिब ९६ अंकले बढेको छ ।

यसैगरी सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको ६४.१६ अंक, व्यापार समूहको ५८.५४ अंक र होटल तथा पर्यटन समूहको ५०.८८ अंकले कारोबारमा गिरावट महसुस गरिएको छ ।

अन्य समूहको सुचाङ्क ३८.८८ अंकले घटेको छ भने बाँकी समूहको सुचाङ्क समान्य अंकले घटेका छन । नारायणी डेभलपमेन्ट बैंक र मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।