एमाले अध्यक्षमा लड्ने भीम रावलको घोषणा

एमाले अध्यक्षमा लड्ने भीम रावलको घोषणा

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केहीबेरपछि पत्रकार सम्मेलनको आयोजना गरी एमालेको १० औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदावी दिने घोषणा गर्ने भएका हुन् । 

‘नेकपा एमालेका उपाध्यक्ष डा।भीम रावलको उम्मेदवारी सम्बन्धी विशेष पत्रकार सम्मेलनमा उपस्थितिको लागि सम्पूर्ण सञ्चारकर्मीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ’, रावलको सचिवालयले सञ्चारकर्मीहरुलाई म्यासेज पठाएर निम्तो दिएको छ । 

यसअघि गृहजिल्लामा पुगेर रावलले एमाले अध्यक्षमा लड्ने बताइसकेका छन् । उनले हारजितको कुनै चिन्ता नरहेको भन्दै नतिजा जे आएपनि आफू अध्यक्षमा लड्ने बताएका थिए ।

चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएपछि सर्वसम्मत अध्यक्ष बन्ने केपी ओलीको योजनामा धक्का लाग्ने भएको छ ।