माओवादी र एकीकृत समाजवादी कांग्रेसकाे औला समातेर हिँडेको ओलीको आरोप

माओवादी र एकीकृत समाजवादी कांग्रेसकाे औला समातेर हिँडेको ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई नेपाली कांग्रेसको औला समातेर हिँडेको टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंको बसन्तपुरमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । 

उनले एमाले सिध्याउन पाँचदलीय गठबन्धन बनेको भन्दै अरू १० दल आए पनि त्यसले फरक नपार्ने बताए । उनले आगामी निर्वाचनमा सबैसँग मुकाविला गरेर जित हाँसिल गर्ने दाबी गरे । उनले कसैको वैशाखी टेकेर नभई एमाले एक्लैले निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । 

माओवादी केन्द्र र एकीकृत समाजवादीतिर लक्षित गरी ओलीले नेपाली कांग्रेसको औँला नसमाती हिँड्नै नसक्ने तर्क गरे ।

एमाले नेतृत्वको सरकारले मुलुकमा विकासको लहर ल्याएको भन्दै हाल विकासको गति अवरुद्ध बनेको पनि बताए ।

उनले अब एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने पर्ने र विकासको गतिलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । ओलीले एमालेमा भएको फोहोर आफै हटेर अहिले सफा भएको उल्लेख गरे ।