ओलीको प्रतिमा बोकेर युवासंघको मोटरसाइकल र्‍याली

ओलीको प्रतिमा बोकेर युवासंघको मोटरसाइकल र्‍याली

काठमाडौं । नेकपा एमालेले भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले शनिबार काठमाडौं उपत्यकामा बृहद मोटरसाइकल र्‍याली निकालेको छ ।

नजिकिएको एमालेको १० औं महाधिवेशनको प्रचार प्रसारका लागि युवासंघले सो मोटरसाइकल र्‍याली निकालेको हो । र्‍यालीको अगाडिपट्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले हात ठड्याएको प्रतिमा देख्न सकिन्थ्यो । 

र्‍याली ललितपुरको बालकुमारीबाट सुरु भएर लगनखेल–जाउलाखेल—माइतीघर—विजुली बजार हुँदै क्वालिटी ब्याङ्क्वेट पुगेको हो । क्वालिटी ब्याङ्क्वेटमा आज नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।