२९६ जना कोरोनाका नयाँ संक्रमित थपिँदा ५ जनाको मृत्यु

२९६ जना कोरोनाका नयाँ संक्रमित थपिँदा ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ९७२ जनामा परीक्षणबाट २९६ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण पृष्टि भएको थियो । 

त्यस्तै सोही समयमा ३६९ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या भने ७ हजार ५३९ रहेको मन्त्रालयले जनाएको छ । 
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ।