अनुगमनपछि पाँच उद्योग कारवाहीमा

अनुगमनपछि पाँच उद्योग कारवाहीमा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको बजार अनुगमनपछि पाँच उद्योगलाई कारवाही गरेको छ । 

प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको पाइएपछि ती उद्योगहरुलाई कारवाही गरेको हो । साथै विभागले उद्योगहरुसँग १५ दिने स्पष्टीकरण पनि मागेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्ट उद्योगको उत्पादन तथा बिक्रीमै रोक नै लगाएको छ। 

सिरहाको मारुती सिमेन्ट प्रालिद्वारा उत्पादित ओपीसी ४३ ग्रेड, धादिङको युनाइटेड सिमेन्टको उत्पादन ओपीसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बा सिमेन्ट प्रालिको उत्पादन पीपीसी सिमेन्टको बिक्रीमा रोक लगाएको हो । 

त्यस्तै, धनुषास्थित जानकी केवल इन्जिनियरिङ प्रालिको पीभीसी केवल बिक्रीमा पनि रोक लगाएको छ । श्री ग्यास वान नेपाल प्रालिको एलपीजी बोटलिङको काममा रोक लगाएको विभागले जनाएको छ। 

नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारबाही गरेको विभागले जनाएको छ।