नेप्सेमा ३२ अंकको गिरावट

नेप्सेमा ३२ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम आज सेयर बजार परिसूचक (नेप्से)मा ३२ अंकको गिरावट आएको छ । बिहीबार बजार परिसूचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ मा बन्द भएको हो । 

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ६ अर्ब २७ करोड १८ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ७ अर्ब ३७ करोड ९४ लाख बराबरको कारोबार भएको थियो ।    

आज नेप्सेमा ९८ लाख ६२ हजार ९४० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजारको कारोबार भएको छ । 

आज नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.८४ प्रतिशतको गिरावट भएको छ भने विकास बैंक उपसूचक २.०२ प्रतिशत र बैंकिङ उपसूचक पनि १.२ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कुल १९७ कम्पनीको सेयर कारोबारमा आएकोमा १६० कम्पनीको  सेयरमूल्यमा गिरावट भएको छ भने २२ कम्पनीको सेयरमूल्य बढेको छ । छ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।