आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।