कारोना अपडेटः  २४ घण्टामा ४१२ जना नयाँ संक्रमित थपिए

कारोना अपडेटः  २४ घण्टामा ४१२ जना नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोनाभाइरस ‘कोभिड–१९’ संक्रमण पुष्टि भएको छ । 

देशभर  ११ हजार ९९३ जनामा भएको परीक्षणका क्रममा ४१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १८ हजार ३५ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार २२३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९८ हजार ९१६ पुगेको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएको छ भने यससँगै मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ  हाल देशभर सक्रिय संक्रमित ७ हजार ६३६ जना रहेका छन् ।