मदिराको विज्ञापन गर्नेलाई कारवाही गर्ने विज्ञापन बोर्डको चेतावनी

मदिराको विज्ञापन गर्नेलाई कारवाही गर्ने विज्ञापन बोर्डको चेतावनी

काठमाडौं । मानव स्वास्थयलाई हानी गर्ने मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्ने विज्ञापन बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले त्यस्ता विज्ञापनहरु हटाउन बोर्डले सूचना जारी गरिसकेकाले अझै पनि अटेर गरे कारवाही गर्ने चेतावनी दिए ।

अझै पनि केही सञ्चारमाध्यमहरुमा मदिराजन्य पदार्थहरुको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानुनबमोजिम कारबाही गरिने बताएका हुन् । 

न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले त्यस्ता बोर्डको निर्देशनलाई पालना नगर्ने विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरुलाई पत्राचार गर्ने तयारीमा रहेको बतांए । ऐनले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको उल्लेख गर्दै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताए ।