प्रि ओपन सेसनमा साढे १० अंक बढ्यो नेप्से

प्रि ओपन सेसनमा साढे १० अंक बढ्यो नेप्से

काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से बुधवारको प्रि–ओपन सेसनमा १० दशमलव ६१ अंक बढेको छ। आजको प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७९५ दशमलव १९ बिन्दुमा पुगेको हो। आजको उक्त सेसनमा ४३ कम्पनीको १६ हजार ४०६ कित्ता सेयर कारोबार भएको छ।

कुल ८१ लाख ९६ हजार २९१ रुपैयाँको कारोबार भएको उक्त सेसनमा सर्वाधिक सेयर खरीदविक्री नेशनल हाइड्रोपावरको भएको छ।

कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने पाँच वटाको मूल्य घटेको छ। सो सेसनमा चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। हिजो पनि नेप्से उच्च  अंकले बढेको थियो ।