आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ कायम भएको छ ।