कोरोना अपडेट : ३७७ जना नयाँ संक्रमित थपिए, ४ को मृत्यु

कोरोना अपडेट : ३७७ जना नयाँ संक्रमित थपिए, ४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३७७ जना कोरोना भाइरस ‘कोभिड–१९’ का नयाँ संक्रमित थपिएका छन् । 

देशभर गरिएको पीसीआर परिक्षणबाट ३३९ जनामा र एन्टिजन परिक्षणका क्रममा ३८ जना गरी जम्मा ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ । 

हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा ९ हजार १४९ जनाको कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ रहेको छ ।          

पछिल्लो २४ घण्टामा ७९ हजार ५६९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।