आज बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघले हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला ५०० ले बढेको बताएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ पुगेको  छ । 

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ छ ।