१२ हजारमा कोरोना परिक्षण गर्दा ४१६ जनामा संक्रमण पुष्टि

१२ हजारमा कोरोना परिक्षण गर्दा ४१६ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय २ जनामा गरिएको परिक्षणका क्रममा ४ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७० जनाले कोरोना जितेका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ५४४ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७८ पुगेको छ ।

हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ३११ रहेको छ । अहिले होम आइसोलेशनमा छ हजार ७७९, संस्थागत आइसोलेशनमा ५३२, आइसीयुमा २२५ र भेन्टिलेटरमा ६६ जनाले उपचार गराइरहेका छन् । 

त्यसैगरी पछिल्लो समय ७४ हजार ४५२ ले खोप लगाएको मन्त्रालयले जनाएको छ ।