नेप्सेमा २६ अंकको वृद्धि सेयर बजारमा हरियाली

नेप्सेमा २६ अंकको वृद्धि सेयर बजारमा हरियाली

काठमाडौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५ अंकमा बन्द भएको छ । त्यस्तै ‘क’ वर्गको सेन्सेभिट इन्डेक्स पनि आज ४.१ अंकले वृद्धि भएको छ । 

आज २० कम्पनीको मूल्य घट्दा १६२ कम्पनीको मूल्य बढेको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ भने सबै उपसमूहमा हरियाली छाएको छ । 

बैंकिङ ०.९, ब्यापार ५५, होटल तथा पर्यटन ५८, विकास बैंक १४१, जलविद्युत ५०, फाइनान्स ५७, निर्जीवन बीमा २१२, उत्पादन १०९, अन्य १८, माइक्रोफाइनान्स ६३, जीवन बीमा ११३ र लगानी उपसमूह १ अंकले बढेको हो । 

कारोबार रकममा पनि सुधार आएको छ । आइतबार ४ अर्ब ९ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ ।