आज घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

आज घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा सामान्य कमी देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो।

सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ६०० रुपैयाँ थियो। त्यस्तै सोमबार तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ८०० मा झरेको छ। 

चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ। यससँगै चाँदीको  प्रतितोला १२८० मा कारोबार भैरहेको छ।