नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक (नेप्से) साताको पहिलो दिन आइतवार सामान्य घटेको छ । आज नेप्से १.३८ अङ्कले घटेर २ हजार ६ सय ८८ दशमलव ९२ विन्दुमा बन्द भएको हो । 

आज दुई सय ३० कम्पनीका ७४ लाख ३४ हजार कित्ता शेयर ४ अर्ब ९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको २७ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

समग्र बजार घटेपनि बोटलर्स नेपाल, तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज बैंक, जलविद्युत्, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर घटेको छ ।

आज एचआईडीसीएलकोे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।