आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो । 

तेजाबी सुन आज प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो ।