सर्वोच्चको दुबै ढोकामा बारको धर्ना

सर्वोच्चको दुबै ढोकामा बारको धर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलित नेपाल बार एसोसिएशनले आज सर्वोच्च अदालतका दुवै गेटमा धर्ना दिएको छ ।  प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहान १० बजे अघिदेखि नै अदालत परिसरमा धर्ना दिन सुरु गरेको हो ।

यसअघि शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गरेपछि बारले आज सर्वोच्चका दुवै ढोकामा धर्ना दिएको हो । शुक्रबार भएको धर्नामा तनावको अवस्थासमेत सिर्जना भएको थियो। 

जबराको राजीनामा माग गर्दै धर्नामा बसेका पदाधिकारीमाथि बिहीबार पनि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने नेपाल बार एसोसिएसनमा महासचिव लीलामणि पौडेलले जानकारी दिएका छन्।