काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई प्रधानन्यायाधीन नमान्ने जनाएका छन् । जबरालाई सर्वोच्च अदालत छिर्न नदिन धर्ना दिएका कानुन व्यवसायीहरुले आइतबार पनि त्यसलाई जारी राख्ने बताए । उनीहरुले आइतबार नेपाल बार एसोसिएसनले मूलगेटमा धर्ना दिने भएका छन् ।
आज विहानको धर्ना कार्यक्रमपछि बारको प्रांगणमा आयोजित सभामा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारको विरोध कार्यक्रमलाई आइतबार पनि जारी राख्ने घोषणा गरेका हुन् ।
उनल प्रधानन्यायाधीश सर्वाेच्च छिर्ने ढोकामा उनीहरुले धर्ना दिने बताएका छन् । आइतबार विहान १० बजेदेखि साढे ११ बजेसम्म धर्ना दिने जनाएका छन् । त्यसका लागि उनले सबै वकिलहरुलाई विहान ९ बजे नै भेला हुन आह्वान समेत गरेका छन् ।
आफूहरुको आन्दोलनमा प्रशासनले हस्तक्षेप नगरोस भन्ने चेतावनी समेत दिए ।
बालुवाटारमा पसेका बिचौलियाहरूको आडमा बारको आन्दोलनलाई सामान्य रुपमा हेरेको भन्दै उनले भने, ‘सर्वाेच्च पस्न मात्रै होइन, बालुवाटार पस्न पनि निषेध होला नि, हेक्क रहोस् ।’ प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतमा न्यायाधीशहरूलाई भेट नदिने तर बालुवाटार निवासमा बिचौलियाहरूलाई भेट्न पुगेको आरोप लगाए । उनले न्यायाधीशहरू जुर्मुराइरहेका बेला प्रशानबाट हस्तक्षेप भए देशभरिका अदालत न्यायाधीशहरूकै आह्वानमा ठप्प हुने चेतावनी समेत दिए ।