काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै शुक्रबार बिहान १० बजेदेखि उनीहरुले निगमको केन्द्रीय कार्यालय घेराउm गर्दै आएका छन् ।
विद्यार्थी संगठनका नेताहरूले आम जनता र विद्यार्थीलाई चुल्होसमेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गरेका थिए ।
विद्यार्थीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।