कोरोना अपडेटः ३१७ जना नयाँ संक्रमित थपिँदा ६ जनाको मृत्यु

कोरोना अपडेटः ३१७ जना नयाँ संक्रमित थपिँदा ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६५३ जनामा गरिएको परिक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै सोही समयमा २७९ जना निको भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभर ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ । 

हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् ।