नेप्सेमा ६० अंकको गिरावट, सबै समूह राताम्मे

नेप्सेमा ६० अंकको गिरावट, सबै समूह राताम्मे

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार परिसूक (नेप्से) मा उच्च गिरावट आएको छ । 

आज नेप्से ६० अंकले ओरालो लाग्दै २६ सय ९० विन्दुमा बन्द भएको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अंकले घटेर ५०२.१९ मा पुगेको छ । 

सबै समूह राताम्मे भए भने अधिकांश समू्हहरुमा दोहोरो अंकले गिरावट आयो । 

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको ९४ लाख कित्ता शेयर ५ अर्ब १२ करोड बराबरमा किनबेच भयो । १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १६ कम्पनीको बढेको एक्सचेन्जले जनाएको छ । आज कूल ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

सबैभन्दा बढी बीमा समूहमा ३ सय अंक हाराहारीले आरोलो लाग्यो भने विकास बैंक समूह पनि २ सय अंक बराबरले घट्यो । त्यस्तै अरु पनि अधिकांश समूहमा दोहोरो अंकको गिरावट आएको हो ।