कोभिड–१९ प्रभावित अतिविपन्नलाई सरकारको अनुदान

कोभिड–१९ प्रभावित अतिविपन्नलाई सरकारको अनुदान

काठमाडौं । कोभिड–१९ प्रभावित अतिविपन्न परिवारलाई सरकारले १० हजार रुपैयाँका दरले अनुदान दिने भएको छ । बिहीबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै त्यस्ता कोभिडबाट प्रभावित अतिविपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले अनुदान दिन लागेको हो ।

‘कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि–२०७८’ अन्तर्गत रकम हस्तान्तरण गर्न लागिएको हो । 

कोभिड महामारीका कारण रोजगारी तथा आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार नगद अनुदान दिइने मन्त्रालयको सूचनामा उल्लेख छ । तोकिएको परिवारको एक सदस्यले सूचना प्रकाशित भएको १५ दिनभित्र आफ्नो वडा कार्यालयमा निवेदन दिनुपर्ने छ ।