पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढ्यो

काठमाडौं । मूल्य वृद्धि गरेको १२ दिन पूरा हुन नपाउँदै नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । 

निगमले पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।

बढेको मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ३६ रुपैयाँ लिटर, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९, आन्तरिक हवाई ईन्धनको मूल्य एक सय एक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मूल्य एक हजार पाँच सय ७५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगम घाटामा गएको बताउँदै आएकाेमा दुई हप्तामा दुई पटक पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे हाे ।