कोरोना अपडेटः ४४० नयाँ संक्रमित थपिँदा ६ जनाको मृत्यु

कोरोना अपडेटः ४४० नयाँ संक्रमित थपिँदा ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोना ‘कोभिड–१९’ संक्रमण पुष्टि भएको छ । 

६ हजार ८ सय १४ नमुना परीक्षण गर्दा ४४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कूल संक्रमितको संख्या ९ लाख १० हजार ७३८ पुगेको छ । 

सोही अवधिमा ४७४ जना निको भएका छन् । 

पछिल्लो २४ घण्टामा ६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।

हाल कोरोनाका सक्रिय संक्रमित संख्या ७ हजार ५ सय १९ जना रहेका छन् । 

बुधबार  १ हजार ५१९ जना कोभिडविरुद्ध खोप लगाएका छन् ।