युवक हत्या : सेनाको गाडीमा ढुंगा प्रहार, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

युवक हत्या : सेनाको गाडीमा ढुंगा प्रहार, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलाली । लम्की चुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको खुकुरी प्रहारबाट मंगलबार राति हत्या भएपछि मृतकका आफन्तले बुधबार बिहानैदेखि प्रदर्शन गरेका छन् ।

युवक हत्याको विरोधमा विहानैदेखि प्रदर्शनमा उत्रिएका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो । प्रदर्शनकारीले नेपाली सेनाको गाडीमा समेत तोडफोड गरेका छन् । 

तालिमका लागि जुम्लाबाट महेन्द्रनगर जाँदै गरेको सेनाको सो गाडीमाथि लम्कीमा प्रदर्शनकारीले ढुंगा मुढा गरेका हुन् ।

गाडीको अगाडिको सीसा फुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।