आज बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको बताएको हो ।

महासंघले आजलाई छापावाल सुनको मूल्य तोलामा ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार २०० रुपैयाँ तोकेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० र तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।