राजधानीमा प्रधानन्यायाधीशकाे समर्थनमा प्रदर्शन

राजधानीमा प्रधानन्यायाधीशकाे समर्थनमा प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियसन तथा न्यायाधीशहरुले प्रदर्शन गरिरहेका बेला प्रधानन्यायाधीश जबराका समर्थकहरुले पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । 

सोमबार अखण्ड नेपाल हिन्दु अधिराज्य पुनःस्थापना र्‍याली तथा विरोधसभा नामको ब्यानरमा बोकेर प्रधानन्यायाधीश जबराको पक्षमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले प्रदर्शन गरेकाे हाे । 

विरोध प्रदर्शनमा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सत्तामा भाग दिने प्रधामन्त्री शेरबहादुरको चाही राजीनामा नमाग्ने तर भाग खोजेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् । उनले सक्ने भने प्रधानमन्त्री देउवाको राजीनामा माग गर्न कानुन व्यवसायीहरुलाई चुनौती दिए । 

वैदेशिक नागरिकलाई नागरिकता दिने काम बन्द गरेकाले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन सुरु गरिएको अधिवक्ता न्यौपानेको तर्क छ । देश संकटमा परेकोले आफुहरुले भ्रष्टाचारको विरुद्धमा आन्दोलित हुनुपरेको मोर्चाको भनाई रहेको छ ।

मुलुकमा देखिएको न्यायिक संकट र न्यायको अन्तिम भरोसा सर्वोच्च अदालत नै अहिले झगडा गर्ने थलाे बन्न पुगेकाले देश र जनताको हितमा प्रदर्शन गरिरहने मोर्चाले जनाएको छ ।