काठमाडौं । कतारको एक कम्पनीले निःशुल्क हवाई टिकट सहित ६० जना नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको AL ATTIYAH ARCHITECTURAL CONSTRUCTION नामक कम्पनीले महिला र पुरुष गरी ६० जना नेपाली कामदार माग गरेको हो ।
विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ भने स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदरले दैनिक ८ घण्टा हप्तामा ६ दिन काम गर्नुपर्नेछ । त्यस्तै करार अवधि २ वर्षे रहेको छ भने कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित ४२ हजार माथि पाउने छन् । इच्छुक कामदारले काठमाडौंमा अवस्थित Mobhira Recruitment Consultancy Services Pvt.Ltd बाट कार्तिक २४ गते अन्तरवार्ता दिनुपर्ने छ ।