कोरोना अपडेटः ३९० जना नयाँ संक्रमित थपिँदा ५ जनाको मृत्यु

कोरोना अपडेटः ३९० जना नयाँ संक्रमित थपिँदा ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २ हजार ६ सय ६ पिसिआर परिक्षणबाट ३ सय ७१ र २ हजार ४ सय २० एन्टीजेन परिक्षणबाट १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार ७ सय ६५ पुगेको छ ।

सोही समयमा ४ सय २५ संक्रमित निको भएका छन् । योँसगै नेपालमा हालसम्म कोरोना जित्नेको संख्या ७ लाख ९५ हजार ८ सय २२ पुगेको छ । 

आज कोरोना भाइरस संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ पुगेका छन् । 

हाल नेपालमा ७ हजार ६ सय ५४ सक्रिय संक्रमित आइशोलेशन र १ सय ११ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।