नेप्सेमा आज १९ अंकको गिरावट

नेप्सेमा आज  १९ अंकको गिरावट

काठमाडौं । तिहारपछि खुलेको सेयर बजारको पहिलो दिन परिसूचक दोहोरो अंकले घटेको छ । लक्ष्मीपूजादेखि बन्द भएको बजार सोमबारदेखि खुलेको हो । 

नेप्सेमा आज १९.२ अंकको गिरावटसँगै २८ सय २९ दशमलव ६४ विन्दुमा रोकिएको छ । 

त्यस्तै ‘क’ वर्गको सेन्सेभिट इन्डेक्स भने पनि २ दशमलव ७१ अंकले घट्दै ५२८.३७ बिन्दुमा अडिएको छ । 

यस दिन फाइनान्स, म्युचुअल फन्ड र लगानीको उपसूचक बाहेक सबैजसो उपसमूहहरु घटेका छन् । आज ४ अर्ब ४२ करोडको कारोबार भएको छ । 

कारोबार भएका कम्पनीहरूमध्ये सोमबार ४२ वटाको मात्र मूल्य बढेको छ। १४२ कम्पनीको मूल्य कम भएको छ भने तीन कम्पनीको मूल्य स्थिर छ।