प्रतितोला १५ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

प्रतितोला १५ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडाैं । आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। आज छापावाला सुन प्रतितोला १५ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि तिहारअघि कात्तिक १८ गते छापावाला सुन तोलाको ९१ हजारमा कारोबार भएको थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५० मा कारोबार भइरहेको महासंघले जनाएको छ। गत कात्तिक १८ गते चाँदी तोलाको १ हजार २२५ मा कारोबार भएको थियो ।