कोरोना अपडेटः १४३ जना नयाँ संक्रमित थपिँदा ९ जनाको मृत्यु

कोरोना अपडेटः १४३ जना नयाँ संक्रमित थपिँदा ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय ४३ जनामा कोरोना भाइरस ‘कोभिड–१९’का सङ्क्रमित थपिएका छन् ।

देशभर गरिएको परिक्षणमा पीसीआर विधिबाट १४१ र एन्टिजेन विधिबाट २ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला २४ घण्टामा थप ५६३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९५ हजार ३९७ जना सङ्क्रमित निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ४४८ रहेको छ ।

हाल देशभर ७ हजार ७१३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने कोरोना निको हुनेको दर ९७.७ प्रतिशत रहेको छ । 

नेपालमा हालसम्म कूल १ करोड ६१ लाख ७१ हजार ३२९ मात्रा खोप लगाइसकिएको छ । जसमध्ये पूर्ण मात्रा खोप लगाउनेको संख्या ७४ लाख ३४ हजार ७९७ रहेको मन्त्रालयले जनाएको छ ।