नेप्सेमा ५.२२ अंकको सुधार, यी कम्पनीले कमाए सबैभन्दा बढी नाफा

नेप्सेमा ५.२२ अंकको सुधार, यी कम्पनीले कमाए सबैभन्दा बढी नाफा

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.२२ अंकले बढेर २ हजार ८ सय ४८.८४ विन्दुमा बन्द भएको छ । त्यस्तै ठूला कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेर ५३०.८९ मा पुगेको छ ।

कूल २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार एक सय ५२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नाफा कमाउनेको पहिलो सूचीमा महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ३ रूपैयाँ पुगेको छ । 

सबैभन्दा धेरै मूल्य बढ्ने दोश्रो सूचिमा साहस उर्जा लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ९३ रूपैयाँ २० पैसा पुगेको छ ।