अमेरिका भारत र बेलायतका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

अमेरिका भारत र बेलायतका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मंगलबार बसेको संसदीय सुनुवाईको विशेष समितिको बैठकले प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको हो । 

गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतकाका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्य लाई राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । 

समितिले उनै सिफारिस गरिएको राजदुतहरुविरुद्ध उजुरी आह्वान गरेको हो । उजुरीको सूचना भोलि बुधबार सरकारी सञ्चार माध्यमबाट प्रकाशित गरिने छ भने नागरिकहरुलाई त्यसबारे जानकारी दिइनेछ । 

प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र परेको उजुरीका आधारमा छलफल गरी उनीहरुको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा समितिले निर्णय गर्छ ।