प्रधानन्यायाधीशले हामीलाई अलमलाउन खोजे : न्यायाधीशहरू

प्रधानन्यायाधीशले हामीलाई अलमलाउन खोजे : न्यायाधीशहरू

काठमाडौं । अहिले न्यायालयमा विवाद चर्किएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्र्दै आएका सर्वाेच्चका न्यायाधीशहरुले आफूहरुलाई प्रन्याले अलमलाउन खोजेको आरोप लगाएका छन् ।

भोलिसम्मको मिति तय गरी प्रधानन्यायाधीशलाई राजीनामा दिन अल्टिमेटम दिएका न्यायाधीशहरुलाई प्रन्याले अल्मल्याने काम गरेको उनीहरुको आरोप छ । 
सोमबार साँझ न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मासँगको छलफलपछि प्रधानन्यायाधीश राणाले विभिन्न तीनवटा प्रस्ताव पठाएको जुन आफूहरुलाई अल्मल्याउन खोजेको न्यायाधीशहरुको आरोप छ । 

मंगलबार विहान प्रन्याको प्रस्तावबारे न्यायाधीशहरूबीच सामूहिक छलफल भएको थियो । छलफलपछि न्यायाधीशहरूले जबराले आफूहरूका माग बेवास्ता गर्दै अल्मल्याउन खोजेको आरोप लगाएका हुन् । 
प्रन्याले पठाएको तीन विकल्प पनि न्यायाधीशहरुलाई मान्य नहुने भन्दै जबराले सम्मानजनक बहिर्गमनका लागि पठाएको प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गरेका छन् । 

प्रन्याले सम्मानजक बहिर्गमन भनेपछि हिजो न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेको तर अब स्थिती सामान्य बन्यो भनेर न्यायाधीशहरु मुद्दा हेर्न फर्किए भन्ने सन्देश दिन खोजेको भन्दै न्यायाधीशहरुले आजफेरि बन्दी प्रत्यक्षीकरणका मुद्दा अस्वीकार गरेका छन् ।