प्रधानन्यायाधीले अझै राजीनामा नदिए थप सशक्त आन्दोलन गर्ने चेतावनी

प्रधानन्यायाधीले अझै राजीनामा नदिए थप सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले भोलिसम्म पनि पदबाट राजीनामा नदिए दोस्रो चरणको आन्दोलनमा जाने नेपाल बार एसोसिएसनले जनाएको छ । पहिलो चरणको आन्दोलनको मिति भोलिसम्म तय गरिएको थियो । 

बारको नेतृत्वमा १४ कार्तिकबाट सुरु पहिलो चरणको आन्दोलन सुरु गरेको थियो । भोलिसम्म पनि प्र्रधानन्यायाधीशले राजीनामा नदिए दोस्रो चरणको आन्दोलन सुरु गर्ने र त्यो आन्दोलन थप सशक्त हुने बारले जनाएको छ । 

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशको राजीनामा नआए भोलि नै दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बताए।

उनले प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए । प्रधानन्यायाधीशले न्यायालयमा देखिएको विकृति, विसङ्गति र भ्रष्टाचार रोक्न नसकेको भन्दै उनको राजीनामा माग गरिएको शाक्यले बताए ।