माधव र बाबुरामविरुद्धको मुद्दाको फैसला आज नहुने

माधव र बाबुरामविरुद्धको मुद्दाको फैसला आज नहुने

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसला आज नहुने भएको छ।

गत असोज १८ गते बसेको प्रधानन्यायाधीश जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि आजका लागि मिति तोकेको थियो।

तर आज न्यायाधीश सुवेदी बिदामा रहेकाले फैसला नहुने भएको हो। न्यायाधीश सुवेदी पिताको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज आफू बाहेकका ६ वटा इजलास तोकेका छन्। जसमध्ये न्यायाधीश वमकुमार श्रेष्ठ र न्यायाधीश कुमार रेग्मीको छुट्टाछुट्टै एकल इजलास तोकेका छन् ।