बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्। गत बिहीबार सत्ता गठबन्धनका तर्फबाट ५९ जना प्रदेश सभा सदस्यको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए। 

मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। 

बागमती प्रदेशमा तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले २२ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि त्यससम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।