आज बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भैरहेछ कारोबार ?

आज बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भैरहेछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँ कायम भएको छ ।