५५ अंकले बढ्यो नेप्से, ६ वटा कम्पनीमा सकारात्मक सर्किट

५५ अंकले बढ्यो नेप्से, ६ वटा कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन आज नेपालको पुँजीबजार उच्च अंकले बढेको छ। गत साताबाट लगातार उकालो लागेको सेयरबजारले आज पनि सोही लय समातेको हो। आज पुँजीबजार मापक परिसूचक नेप्से ५५.५० अंकले बढेर २८३७.६२ विन्दुमा उक्लिएको छ।

नेप्सेमा आज सात अर्ब ८२ करोड ३२ लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २३२ वटा कम्पनीका एक करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर ८१ हजार ९३५ पटक किनबेच भएका थिए।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा उक्लिएको छ। आज छ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि हुँदा कारोबारमा सकारात्मक सर्किट लागेको थियो। एभरेस्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६.५० प्रतिशतका दरले गुमाएका छन्।

आज आखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै ३१ करोड ५७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही कम्पनीको सेयर सबैभन्दा धेरै नौ लाख २७ हजार कित्ता तीन हजार ४०१ पटक किनबेच भएको नेप्सेले जनाएको छ।