आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।