काठमाडौं । मंसिर १०–१२ सम्म चितवनमा हुन गइरहेकाे नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधिहरू सहभागी हुने भएका छन् ।
पार्टी कार्यालय ललितपुरमा स्थायी कमिटी बैठकले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय गरेको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार महाधिवेशनमा हरेक निर्वाचन क्षेत्रबाट एक हजार पाँच सय पार्टी सदस्यबाट तीन जना प्रतिनिधि छनोट हुने, भूगोल कमिटीहरूबाट कुल एक हजार एक सय ९६ जना प्रतिनिधि छानिने बताए ।
त्यस्तै गैर भूगोलबाट तीन सय ४० जना गरी जम्मा १५ सय ३६ प्रतिनिधि छानिने बताए । महाधिवेशनमा ५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने जसमा विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य निर्णय भएको पनि ज्ञवालीले बताए ।