अमेरिकासहित तीन मुलुकका लागि राजदूत रिफारिस

अमेरिकासहित तीन मुलुकका लागि राजदूत रिफारिस

काठमाडौ । सरकारले अमेरिकासहित तीन मुलुकका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिका, बेलायत र भारतका लागि राजदूत सिफारित गरेको हो । 

सरकारले अमेरिका, बेलायत र भारतका लागि क्रमशः श्रीधर खत्री, ज्ञानचन्द्र आचार्य र शंकर शर्मालाई राजदूत सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए । 

खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक थिए भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नियोग प्रमुख थिए । त्यस्तै शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुन् ।