११ हजारको परीक्षण गर्दा ५९१ मा काेराेना संक्रमण पुष्टि

११ हजारको परीक्षण गर्दा ५९१ मा काेराेना संक्रमण पुष्टि

काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ३५५ जनामा परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

८ हजार ८ सय ४८ पिसिआर परिक्षणका क्रममा ५ सय २७ जना र २ हजार ५ सय ७ एन्टीजेन परिक्षणका क्रममा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै सोही अवधिमा ६६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपाल ७ लाख ८९ हजार ७ सय ८९ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने योसँगै मृतकको संख्या ११ हजार ३ सय ८२ पुगेको छ । 
नेपालमा कोरोना निको हुनेदर ९७.३ प्रतिशत रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १ लाख १ हजार ४७५ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।