कर्णालीका मुख्य न्यायाधिवक्ता खनालले दिए राजीनामा

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालले दिए राजीनामा

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने मुख्य न्यायाधिवक्ताले नियुक्त भएको एक वर्ष पनि नपुग्दै पदबाट राजिनामा दिएका हुन् ।

गत असोज ३१ गते पदबाट राजीनामा दिएका खनालको राजीनामा बुधबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका हुन् । 

उनले व्यक्तिगत कार्यव्यस्तताले राजीनामा दिनुपरेको पत्रमा उल्लेख गरेका छन् । 

उनले ६ महिना २५ दिनमा राजनीनामा दिएका हुन् । यसअघिका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि कार्यकाल नसकिँदै गत फागुनमा १३ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि खनाललाई न्यायधिवक्ताको रुपमा नियुक्त गरिएको थियो ।